अरूण राईको उपचारमा सहयोगका लागि आग्रह (Bhutanese News)

Rising Star | 4:11 PM |


सामाजिक सेवामा सकृय भुटानी शरणार्थी युवा अरूण राईको उपचारमा सहयोग गर्न बरिष्ठ भुटानी चिकित्सक तथा अधिकारवादी नेता डा. भम्पा राईले आग्रह गरेका छन् ।
गम्भीर अवस्थामा काठमाण्डौमा उपचार गराइरहेका अरूण श्वासप्रश्वासको समस्याबाट पिडीत छन् । डा. राईका अनुसार विरामी अरूणको उपचारका लागि हालसम्म ३ लाख रूपैयाँभन्दा बढि खर्च भइसकेको छ । अत्यन्त न्यून आय भएका पिडीत राईको उपचारका लागि अहिले दैनिक २५ हजार रूपैयाँ खर्च भइरहेको छ ।
यसअघि मधुमेहबाट पिडीत राई सो रोग नियन्त्रण भएसँगै श्वास रोगबाट पिडीत भइ अस्पताल भर्ना भएका हुन् । उनको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिलिगुढी स्थित मित्र नर्सिङ होम हुँदै हाल काठमाण्डौस्थित वयोध्या अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ । स्पाइनल कर्डमा समस्या देखिएका उनको शल्यकृया गर्नु पर्ने चिकित्सकहरूको भनाइ छ । शल्यकृया अगाडी २४ सै घण्टा अक्सिजन दिनु पर्ने र एकै सेकेण्ड पनि सो नगरिएको ज्यान जोखिममा पर्नसक्ने उनको उपचारमा संलग्न चिकित्सकहरूलाई उदृत गर्दै डा. राईले जानकारी दिए ।

डा. राईका अनुसार पिडीत राईको उपचारका लागि साथी शुभचिन्तकहरूबाट केही मात्रामा सहयोग प्राप्त भइरहेको भए पनि सो अपुग भएकाले थप सहयोग आवश्यक छ ।
भुटान विद्यार्थी संघ (SUB) का पूर्व कोषाध्यक्ष समेत रहेका राई हाल आम्दाको प्राथमिक स्वास्थ्य उपचार परियोजना (PHCP) अन्तर्गत शरणार्थी प्रभावित क्षेत्रमा कार्यरत छन् ।
४६ बर्षीय पिडीत राईका श्रीमती र एक छोरा छन् ।

(पूर्वेलीटाइम्सका सकृय सहयोगी मित्र अरूण राईको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यहाँहरूसमक्ष उनको उपचारमा सहयोग पुर्‍याउन हार्दिक आग्रह गर्दछु । सहयोग गर्नका लागि डा. भम्पा राईको मोवाइल नम्वर – +977-9842707488 मा फोन गर्न सक्नु हुनेछ । विरामीसँग सम्पर्कका लागि +977-9842790278 मा फोन गर्न सकिनेछ । – सम्पादक)

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!