अव बाँकी चालिस हजार (Bhutanese News)
शरणार्थी सम्बन्धी राष्ट्रसघीय उच्चआयोगले जारी गरेको सुचना अनुसार तेश्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत हिजो सोमबारसम्म ७५ हजार एक सय ९९ जना भुटानीहरु तेस्रो मुलुक पुनर्बास भएका हुन् । कार्यक्रमअन्तर्गत सबैभन्दा बढि ६३ हजार ४७४ जना भुटानीहरु अमेरिकामा पुनर्बास भएका छन् । त्यस्तै २ हजार ८३४ जना भुटानीहरु अष्ट्रेलिया पुगेका छन् भने ५ हजार ३११ जना क्यानडा, ७ सय ४१ जना डेनमार्क, ७ सय १० जना न्युजील्याण्ड, २ सय २६ नेदरल्याण्ड पुगेका छन् ।
त्यसैगरी ५ सय ४६ जना नर्वे, २ सय ५७ जना बेलायत पुगेको उच्चायोगद्वारा जारी सूचनामा उल्लेख छ ।
उच्चायोगका अनुसार अव शिविरमा ४० हजार ९ सय शरणार्थीहरु बाँकी रहेका छन् ।
Purbelitimes.com
Category: Breaking News
