PM Baburam Bhattarai December 23rd 2012

Rising Star | 8:19 AM |


काठमाडौं,पुष ८ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफु नेतृत्वको सरकार नढल्ने बताउनुभएको छ । उहाँले आफु विरुद्ध जतिसुकै षड्यन्त्र गरेपनि सरकार नढल्ने र यो सरकारले नै वैशाखमा चुनाव गराएर छाड्ने बताउनुभयो ।  ललितपुरको गोटिखेलमा आइतबार एकीकृत सेवा केन्द्र उद्घाटन गर्दै प्रधानमन्त्रीले आफूविरुद्ध षड्यन्त्र भएपनि सरकार नढल्ने जानकारी दिनुभयो । संसद् विघटन भएपछिको चुनाव विद्यमान् सरकारले नै गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेकोले कानुनी हिसावले पनि आफ्नो नेतृत्वको सरकारले चुनाव गराउनु पर्ने बताउनुभयो । भट्टराईले आफू नेतृत्वको सरकारमा नै आउन दललाई फेरि आग्रह गर्नुभयो । प्रधानमन्त्री भट्टराईले विपक्षी दलले निषेधको राजनीति गरेका कारण सहमति हुन नसकेको आरोप पनि लगाउनुभयो । प्रधानमन्त्री भट्टराईले बाधाअड्काउ फुकाउने, निर्वाचन मिति तोक्ने र निर्वाचन आयोगमा पदाधिकारी नियुक्तिपछि कांग्रेसलाई सरकारको नेतृत्व छोड्न आफू तयार रहेको पनि जानकारी दिनुभयो ।

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!